भाइरल पोष्ट, लालबन्दी
माघ २४ गते । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्यूनिष्ट लिग(वाईसिएल)ले आज सर्लाहीसहित देशैभर आफ्नो ४३औं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसकै अवसर पारेर वाईसिएल नेपाल जिल्ला कमिटि सर्लाहीले जिल्लाको लालबन्दी नगरपालिका ५ स्थित मुसहरवस्तीका मानिसहरुलाई न्यानो कम्बल वितरण गरेको छ ।
स्थापना दिवसको अवसरमा वाईसिएल नेपालका केन्द्रीय सचिव समीर बराईली, जिल्ला इन्चार्ज नबीन थापा, सचिव घामराज श्रेष्ठलगायत वाईसिएल नेपालमा आवद्ध युवाहरुको टोलीले मुसहरवस्तीमा पुगेर विपन्न मुसहर समुदायका मानिसहरुलाई कम्बल वितरण गरिएको वाईसिएल नेपाल सर्लाहीले जनाएको छ ।
‘हामीले स्थापना दिवसको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं । सोही क्रममा आज मुसहर वस्तीका चिसोबाट कठ्यांग्रिएका परिवारलाई न्यानो बाडेर यो दिवस मनाउन पाउँदा निकै खुशि लागेको छ ।,’जिल्ला सचिव घामराज श्रेष्ठले भन्नुभयो ।