भाइरल पोष्ट, सर्लाही
माघ २० गते । नेपाल पत्रकार महासंघका अध्यक्ष ओम प्रकाश ठाकुरकी आमा स्वर्गिय वैदेही देवीसहित हरिवनका बीरबहादुर कार्की र लालबन्दीकी लक्ष्मी थापाको सम्मानमा नेपाली काँग्रेस सर्लाहीले श्रद्धाञ्जली अर्पण गरेको छ ।
नेपाली काँग्रेस निकट नेपाल महिला संघकी पूर्व अध्यक्ष एवम् तत्कालीन पिपरिया गाविसकी अध्यक्ष रहनु भएकी देवीको यही माघ १२ गते ७१ वर्षको उमेरमा स्वर्गारोहण भएको थियो । उहाँको भारतस्थित प्रयागराजमा कुम्भ स्नानका लागि प्रस्थान गर्ने क्रममा एक्कासी बेहोस हुनु भएकी उहाँको प्रादेशिक अस्पतालमा निधन भएको थियो । उहाँको सम्मानमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीले आज कविलासी नगरपालिका १ पिपरियास्थित उहाँकै निवासमा पुगी उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवाजनमा गहिरो समवेदना प्रकट गरेको नेपाली काँग्रेस मधेश प्रदेश समिति सदस्य एवम् महिना नेतृ सोनु कुमारी बोम्जनले जनकारी दिनुभयो ।
पार्टी जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहको नेतृत्वमा गरिएको श्रद्धाञ्जली सभामा काँग्रेस नेता एवम् प्रदेश सभा सदस्य जंगीलाल राय यादव, संविधानसभा सदस्य एवम् पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, जिल्ला समन्वय समिति सभापति कौशल किशोर सिंह, नेपाली काँग्रेस सर्लाही क्षेत्र नम्बर १(ख)का सभापति सिताराम दाहाल, मुस्लिम संघका अध्यक्ष शेख साहदुल्लाह लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै आजै नेपाली काँग्रेस सर्लाहीका सचिव निरज कार्कीको पुज्यनिय हजुरबुबा बीर बहादुर कार्की(रामबाबु) सम्मानमा समेत नेपाली काँग्रेस सर्लाहीले हरिवन ११ स्थित सचिव कार्कीकै घरमा पुगरे श्रद्धाञ्जली अर्पण गरेको छ । कार्कीको यही माघ १४ गते निधन भएको थियो ।
त्यस्तै नेपाल तरुण दलका केन्द्रीय सदस्य एवम् लालबन्दी १७ का वडासभापति विभुसिंह थापाको हजुर आमा स्वर्गिय लक्ष्मी थापा प्रति पनि नेपाली काँग्रेस सर्लाहीले श्रद्धाञ्जली अर्पण गरेको छ ।
नेपाली काँग्रेस सर्लाहीले वैदेही देवी, बीरबहादुर कार्की र लक्ष्मी थापाको निधनले पार्टीलाई अपूरणीय क्षति भएको जनाएको छ ।