भाइरल पोष्ट, सर्लाही
माघ १७ गते । सर्लाही क्षेत्र नम्बर १ का पूर्व सांसद प्रमोद साहले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका छन्। उनले २७ वर्ष लामो मधेश केन्द्रित राजनीतिक यात्रामा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए। विद्यार्थी राजनीतिबाट यात्रा सुरू गरेका साहले नेपाल सदभावना पार्टी हुँदै जसपामा राजनीतिक भूमिका निर्वाह गरेका थिए।
साहले २०८१ साल माघ १७ गते जसपाको केन्द्रीय सदस्य, संगठन विभाग तथा साधारण सदस्यबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले पार्टी नेतृत्वले मनपरी नियुक्ति गरेको, सर्लाही जिल्ला उपेक्षित भएको तथा मधेश राजनीतिका मूल सिद्धान्तहरू बिर्सिएको आरोप लगाएका छन्।
२०७४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका साह २०७९ को चुनावमा पराजित भए पनि निरन्तर जनता माझ सक्रिय रहेको बताएका छन्। उनले शुभेच्छुकहरूलाई धन्यवाद दिँदै आगामी यात्राका लागि समर्थनको अपेक्षा गरेका छन्।