भाइरल पोष्ट, लालबन्दी
माघ ११ गते । लालबन्जी जेसीजको सन २०२५ की अध्यक्ष सुनिता खरेल थपलियासहितका पदाधिकारीको पदस्थापन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
जेसीज वर्ष २०२४ का अध्यक्ष उपेन्द्र महतोको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा एक भव्य समारोहको आयोजना गरी अध्यक्ष खरेलसहित ७ जना पदाधिकारीको पदस्थापन भएको हो ।
पदस्थापन समारोहमा ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, लालबन्दी नगरपालिकाका उपप्रमुख कल्पनामाया पाख्रिन, लालबन्दीका पूर्व नगरप्रमुख मानबहादुर खड्का, विभिन्न वडाका वडाध्यक्ष, पूर्व वडाअध्यक्षहरु, नगरभित्र क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न जेसीज शाखाका पदाधिकारी, शिक्षक, सामाजिक अगुवा, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको आतिथ्यता रहेको थियो ।
लालबन्दी जेसीजमा सन २०२५ का लागि अध्यक्ष सुनिता खरेल थपलियाको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्य समिति चयन भएका थिए । समितिको कार्यकारिणी उपाध्यक्षमा कुलप्रसाद गौतम(शिवहरि) र रामेश्वर महतो, उपाध्यक्षमा बिक्रम दाहाल, तीर्थराज पौडेल (नवराज) अरविन्द राय यादव र सुवास मण्डल रहेका छन् ।