भाइरल पोष्ट, सर्लाही
पौष २७ गते । सर्लाहीको हरिपुर्वा नगरपालिकामा जय गंगा बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष गणेश यादवको अध्यक्षता तथा हरिपुर्वा नगरपालिकाकी नगर उप–प्रमुख सुमित्रादेवी ग्वारनीको प्रमुख आतिथ्यतामा आज(शनिवार) वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
हरिपुर्वा नगरपालिका वडा नं २, त्रिवेणी चौकमा रहेको सो बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ८८ लाख ४३ हजार ६ सय ५० रुपैया १५ पैसा ब्याज प्राप्त गरेको आयव्यय प्रस्तुत गर्दै प्रबन्धक मुकेश झाले जानकारी दिए । प्रवन्धक झाका अनुसार संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा १३ लाख ९४ हजार ३ सय ४८ रुपैया ३४ पैसा विविध स्रोत बाट आम्दानी गरेको छ । संस्थाको आम्दानी १ करोड २ लाख ३७ हजार ९ सय ९८ रुपैयाँ ५० पैसा रहेको साधारणसभामा जानकारी दिइएको थियो । जसमध्ये ९७ लाख ३८ हजार १ सय ७ रुपैयाँ ९४ पैसा कुल खर्च रहेको छ । जय गंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयकर पछिको नाफा ४ लाख ४९ हजार ९ सय १ रुपैयाँ ५० पैसा रहेको तथा कुल सम्पत्ति १२ करोड १२ लाख ५८ हजार १ सय ८० रुपैयाँ ३५ पैसा भएको संस्थाका प्रबन्धक झाले जानकारी दिए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि हरिपुर्वा नगर उपप्रमुख ग्वारनी र संस्था अध्यक्ष गणेश यादवले उत्कृष्ट कार्य गरेको भन्दै कर्मचारीलाई सम्मान समेत गरेका थिए ।
कार्यक्रममा हरिपुर्वा नगरपालिकाका प्रशासकीय अधिकृत कुमार परियारसहित विभिन्न वडाका वडाअध्यक्ष, पूर्व वडाअध्यक्ष, वडासदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार तथा संस्थाका शेयरसदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।