भाइरल पोष्ट, लालबन्दी
पौष ११ गते । लायन्स क्लव अफ नमोबुद्ध काठमाण्डौले नायारायणखोलाको एक विद्यालयमा अध्ययनरत ४० जना छात्रछात्रालाई न्यानो कपडासहित शैक्षिक समाग्री प्रदान गरेको छ ।
जिल्लाको कर्णाली भनेर चिनिने लालबन्दी नगरपालिका वडा नम्बर १४ साविक नारायणखोला ७ मगरडिहिमा रहेको प्राथमिक विद्यालयका गरीब तथा विपन्न छात्रछात्राहरुलाई क्लवका अध्यक्ष दिपक कुमार तामाङ्गसहितको टोलीले न्यानो कपडासहित शैक्षिक सामाग्री प्रदान गरेको हो ।

स्थानीय एवम् नायारणखोलाका शिक्षाप्रेमी युवा रोशन दोङ्ग तामाङ्गले दिएको जानकारी अनुसार सो विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई क्लवका अध्यक्ष तामाङ्गको टोलीले न्यानो ट्रयाक सुट, न्यानो टोपीसहित शैक्षिक सामाग्रीमा कापी, पेन्सिल, कटर, इरेजर तथा खेलकुद सामाग्री फुटबल प्रदान गरेको हो ।
कार्यक्रममा लायन्स क्लव अफ नमोबुद्ध काठमाण्डौका आइपिडिजी हरि प्रसाद दाहाल, पिडिजी कर्म गुरुङ्ग, कपी बैंक चिफ सूर्य लोप्चन तामाङ्ग, नमोबुद्ध क्लवका सदस्य विश्व लामा, विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

साथै क्लवले सोही गाउँका ८ जना अपाङ्गता भएका व्यक्ति र एक वृद्धलाई न्यानो कम्मल पनि वितरण गरेको स्थानीय दोङ्गले जानकारी दिए । नारायणखोला सर्लाही जिल्लाको अन्त्यतै विकट क्षेत्र हो । यहाँका अधिकांश मानिसहरु गरीबीको रेखामुखि बाँचिरहेका छन् ।