भाइरल पोष्ट, लालबन्दी
पौष ४ गते । प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले ‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने नाराका साथ काम गरिरहेको छ ।
कसैले पनि नहार्ने सबैको जीतजीत हुने गरी समुदायमा देखिने विवाद समाधान गर्दै आएको द्वन्द रुपान्तरण केन्द्रले लालबन्दी १७ मा बाटो विषयलाई लिएर उत्पन्न वर्षौदेखिको विवाद मिलाउन प्रक्रिया थालेको छ ।
द्वन्द रुपान्तरण प्रक्रिया अघि बढाउन द्वन्द रुपान्तरण केन्द्रले माकुरा समूहका सदस्यहरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व हस्तान्तरण सम्बन्धी तीन दिने तालिम प्रदान गरेको हो । लालबन्दी नगरपालिका १७ नम्बर वडा कार्यालयको सहयोग तथा प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको आयोजनामा पौष २ गतेबाट सुरु भएको तालिम ४ गते आज समापन भएको छ ।

द्वन्दमा संलग्न पक्षहरुबाटै चुनिएर आएका ९ जना सदस्यहरुलाई माकुरा समूहमा राखेर क्षमता अभिवृद्धि तथा नेतृत्व हस्तान्तरण तालिम प्रदान गरिएको प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रकी जिल्ला सहजकर्ता प्रज्ञा सापकोटाले बताईन् । उनका अनुसार सहभागिहरुलाई द्वन्द रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले द्वन्द रुपान्तरणको चरण तथा प्रक्रियाहरुको विषयमा सिकाएकी थिईन् । समुदायबीच द्वन्द कसरी उत्पन्न हुन्छ ? तिनलाई कसरी समाधानको प्रक्रियामा लैजाने ? सबैलाई जीतजीतको अवस्थामा कसरी पु¥याउनेलगायत द्वन्द रुपमान्तरणमा माकुरा समूहको भूमिका के हुने भन्ने विषयमा प्रशिक्षक एवम् स्रोत व्यक्ति विश्वकर्माले सिकाएकी थिईन् ।
तालिमबाट आफूहरुले धेरै कुरा सिकेकोले सिकेका कुरालाई व्यवहारमा उतारन तत्पर रहेको सहभागिहरुले बताएका छन् ।
तालिमको समापन कार्यवाहक वडाअध्यक्ष अम्बिका कुमारी खरेलको अध्यक्षतामा भएको थियो ।