भाइरल पाेष्ट, मलंगवा
पाैष ३ गते ।। जनमत पार्टीले जिल्लाकाे बीस अाेटै पालिकामा पार्टी जागरण अभियान चलाउने भएकाे छ ।
अाज मलंगवामा बसेकाे साे पार्टीको जिल्ला समन्वय समितिकाे बैठकले गाउँटाेलस्तरसम्म संगठन विस्तारसहित पार्टी सुदृढीकरण गर्ने, गाउँगाउँमै पुगेर पार्टीको सदस्यता वितरण गर्ने लगायतकाे निर्णय गरेकाे हाे ।
जिल्ला ईन्चार्ज श्रीचन यादव(सुजन)काे अध्यक्षतामा बसेकाे बैठकले सरकारसँग किसानकाे लागि अावश्यक पर्ने मलखाद समेत माग गर्ने निर्णय गरेकाे साे पार्टीले जनाएकाे छ ।
बैठककाे निर्णयबारे जानकारी दिँदै जिल्ला ईन्चार्ज यादवले जनमत पार्टी सधैं किसान वर्ग, विपन्न वर्ग र भुई मान्छेकाे पक्षमा काम गर्ने पार्टी भएकाेले जनताका अावश्यकताहरुलाई सम्बाेधन गर्न/गराउन कटिबद्ध रहने बताए । उनले जिल्लामा व्यापक जनभराेसा बटुली रहेकाे जनमत पार्टीलाई गाउँटाेल सम्म विस्तार गरिने बताए ।
उनले भने, ‘अाज धेरै मानिसहरु जनमत पार्टीको सदस्य बन्न ईच्छुक हुनु भएकाे छ । हामी उहाँहरुसम्म पुग्न सकिरहेका छैनाैं । अब पार्टीले चलाउने जागरण अभियानले पार्टीलाई मजबुत बन्न बल पुग्छ ।’
जिल्ला ईन्चार्ज यादवले चुनाव ८४ लाई लक्षित गरि अहिले देखि नै पार्टीले संगठन सुदृढीकरणकाे कामलाई अघि बढाएकाे बताए ।