भाइरल पोष्ट, लालबन्दी
श्रावण २८ गते । पत्रकार मुकेश झाले आफ्नी छोरी सन्ध्या झाको जन्मदिनको अवसरमा वृद्धाआश्रममा मिष्ठान्न भोजन गराएका छन् ।
हरिपुर्वा नगरपालिका वार्ड नम्बर २ स्थायी घर भएका पत्रकार झाले आज विहान लालबन्दी २ स्थित पद्म भुवनेश्वरी नमूना वृद्धाआश्रममा आश्रित आमाबुवाहरुलाई मिष्ठान्न भोजन गराउनुभएको हो ।

छोरी सन्ध्या ९ वर्ष पूराभई १०औं वर्षमा प्रवेश गरेको शुभअवसरमा आफ्नी आमा, श्रीमती वर्षा र छोरी सन्ध्या झालाई सँगै लिएर आश्रम आई पुग्नु भएका पत्रकार झाले आश्रममै केक काटेर छोरीको जन्मदिनको खुशियाली साटेका थिए ।

‘जन्मदिनमा फजुल खर्च गर्नुको साटो साहाराविहिनी बुबाआमालाई एक छाक मात्रै पनि मिठो खुवाउन पाउनु अत्यन्तै पूण्यको कार्य हुने ठानेर छोरीको इच्छा अनुसार मिष्ठान्न भोजनको कार्यक्रम तय भएको हो ।’, पत्रकार झाले भाईरल पोष्ट सँग भने,‘यहाँ जन्मदिन मनाउन पाउँदा छोरीसहित हामी स–परिवार खुशि छौं ।’

सो अवसरमा आश्रमका संरक्षक बासुदेव शरण कोईराला, नेपाल पत्रकार महासंघका मधेश प्रदेशका कोषाध्यक्ष विश्वनाथ ठाकुर, महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्री, नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलिया, प्रेस सेन्टर सर्लाहीका अध्यक्ष श्रवण थापा, जयगंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेश रायलगायतले छोरी सन्ध्यालाई सु–स्वास्थ्य एवम् आरोग्यताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा जिल्लाका विभिन्न मिडियामा आवद्ध क्रियाशिल पत्रकारहरुको समेत उपस्थिति रहेको थियो । पत्रकारहरुले पनि छोरी सन्ध्यालाई जन्मदिनको शुभकामना दिँदै पत्रकार झा को सामाजिक कामप्रतिको झुकावको प्रसंशा गरेका थिए ।

पत्रकार झा नेपाल प्रेस युनियन मधेश प्रदेश कार्यसमिति सदस्य हुन् भने वेव टिभी खबरका सर्लाही सम्वाददाता हुन् । उनी हरिपुर्वाबाट प्रकाशन हुने लोकप्रिय आवज दैनिक तथा अनलाईनका सञ्चालक तथा प्रकाशक समेत हुन् ।