भाइरल पोष्ट, ईश्वरपुर
साउन ६ गते । विपीको समाजवाद र आजको अवस्था विषयक अन्तरक्रिया गरी सर्लाहीको ईश्वरपुरमा पनि विपीको ४२औं स्मृति दिवस मनाइएको छ ।

नेपाली काँगेस क्षेत्रीय समितिको आयोजनामा ईश्वरपुर नगरपालिका १५ स्थित सोकनाहमा स्मृति दिवस मनाइएको हो ।
क्षेत्रीय सभापति हरि लुंगेलीको सभापतित्व तथा पूर्व जिल्ला सभापति लक्ष्मण रायको पमुख आतथ्यितामा आयोजित अन्तरक्रिया कार्यक्रममा विपीको राजनीतिक जीवनको चर्चा गर्दै वक्ताहरुले विपीका विचारहरु अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।
कार्यक्रममा विपीको तस्बीरमा पुष्पाञ्जली अर्पण गर्दै विपीले देखाएको बाटोमा हिडन सक्दा मात्रै नेपाल एक समृद्ध मुलुक बन्नेमा दुई मत नरहेको बक्ताहरुको जोड थियो । विपी आलोचना सहन सक्ने एक कुशल नेता रहेकोले उनको जीवनबाट अहिलेका नेताहरुले धेरै कुरा सिक्नुपर्नेमा नेताहरुले जोड दिएका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य रामचन्द चौधरी, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, पूर्वजिल्ला सभापति सत्यदेव सिंह, विनोद खनाल, नवीन अधिकारी, युवा नेता योगराज देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।
वि.सं. १९७१ भदौ २४ गते जन्मिनु भएका विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार हुनुहुन्थ्यो । उहाँले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको थियो । उहाँको देहवसान वि.सं.२०३९ साउन ६ गते भएको थियो ।