राजु लो, हरिवन
असार ३१ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको ४५ औं प्रधानमन्त्रीको रुपमा नियुक्त भएका छन । पार्टी अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि नेकपा एमाले हरिवन नगर कमिटी र अनेरास्ववियुले संयुक्त रुपमा हरिवनमा दिप प्रज्वलन गरेको हो ।

सोमबार साँझ सगुन सहकारीको अगाडी दिप प्रज्वलन गर्दै नव नियुक्त हुनु भएका प्रधानमन्त्रीको टिमलाई कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पार्टीका नेता तथा हरिवन नगरपालिकाका संस्थापक मेयर गणेश प्रसाईले सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे । मन्तव्यकै क्रममा प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा यो भन्दा अगाडी भएका कामहरु इतिहासमा सम्झिन लाइक कार्यहरु भएको र अबको नेतृत्वमा पनि देशले सुखी नेपाली समृद्ध नेपालको लागि महत्त्वपूर्ण योगदान रहने कुरालाई जोड दिनुभयो ।
नगर कमिटी अध्यक्ष पोख्रेलले पनि अबको सरकारको काम कार्य निमुखा, विपन्न वर्ग र युवाहरुको पक्षमा काम गरेको देख्न पाइयोस र पहिलो काम नै आफुले त्यही हेर्न चाहेको बताए ।

दिप प्रज्वलन कार्यक्रममा पार्टीका नेताहरु राजकुमार उप्रेती, तारा पोख्रेल, केशव ढकाल, चुडामणि वाग्ले, शेष मेहबुब रेजा, हरिमाया घलान, प्रज्वल ढुंगाना सहित पार्टीका विभिन्न तह तप्काका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । त्यस्तै ईश्वरपुर नगरपालिकामा पनि राष्ट्रिय युवा संघद्वारा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।