सर्लाहीकी चेली मिस सुप्रानेशनल खनालले बाडिन ईश्वरपुरमा शैक्षिक सामाग्री

Byviralpost

७ जेष्ठ २०८१, सोमबार १३:३३ ७ जेष्ठ २०८१, सोमबार १३:३३ ७ जेष्ठ २०८१, सोमबार १३:३३

सोम दियाली, लालबन्दी
जेष्ट ७ गते । सर्लाहीकी चेली मिस सुप्रानेशनल सजिना खनालले आइतबार मुसहर बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।
सन् २०१७ मा मिस टिन, २०२३ मा मिस टुरिजम नेपाल, सोही वर्ष श्रीलंकामा आयोजित मिस टुरिजममा मिस एलिगेन्स र सन् २०२४ मा मिस सुप्रानेशनलको ताज पहिरिन सफल मिस सुप्रानेशनल सजिना खनालले सर्लाहीको ईश्वरपुर नगरपालिका ९ का १५० मुसहर बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।
मिस सुप्रानेशनल खनाल नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्डमा हुने मिस वल्र्ड टुरिजम २०२४ को लागि त्यसतर्फ जाने तयारीमा हुनुहुन्छ । पोल्याण्ड जानु अघि नेपालको विशेषगरी मधेशको शिक्षाको अवस्थाबारे आफूले केही लिएर गएर विश्वमञ्चमा प्रस्तुत गर्ने उदेश्यसहित मिस सुप्रानेशनल खनालले ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यको आग्रह एवम् समन्वयमा मुसहर बालबालिकालाई कापी, कलमलगायतका शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो ।
बालबालिका भविष्यका कर्णधार भएकोले उनीहरुलाई शिक्षामा हामीले सहयोग गर्नुपर्छ भनेर ईश्वरपुरका मेयर आचार्यसहित अन्य संघसंस्थासँग समन्वय गरेर बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको मिस सुप्रानेशनल खनालले बताउनुभयो । पहिलो चरणमा १५० बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको बताउनुहुँदै उहाँले ईश्वरपुरमा एक हजार बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्ने योजना रहेको बताउनुभयो ।
उहाँले ईश्वरपुर नगरपालिकाका मेयर आचार्य र यहाँका नागरीक अत्यन्तै सहयोगी भावनाको पाएकीले यहाँ आएर शैक्षिक सामाग्री वितरण गरेको बताउनुभयो । उहाँले आगामी दिनमा आफू पोल्याण्ड गएर आएपछि पनि यहाँका बालबालिकाको शिक्षामा थप केही गर्ने प्रतिवद्धता जनाउनुभयो ।
ईश्वरपुरको शैक्षिक अवस्थालाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउने र यहाँको शैक्षिक स्तरमा सुधार ल्याउने उदेश्यले नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्ड जान लाग्नु भएकी मिस सुप्रानेशनल खनाललाई ईश्वरपुर नगरपालिकामा काम गर्न आग्रह गरेको मेयर मनोज कुमार आचार्यले बताउनुभयो ।
ईश्वरपुरमा आएर यहाँका बालबालिकाको शैक्षिक सुधारका लागि राम्रो कामको थालनी गरेको भन्दै मिस सुप्रा नेशनल खनाललाई दोसल्ला ओढाई सम्मान गर्नुहुँदै मेयर आचार्यले गरीब दुखिका लागि कसरी राम्रो गर्न सकिन्छ भनेर आफू पहिल्यैदेखि लागि परेको बताउनुभयो ।