भाइरल पोष्ट, बलरा
चैत्र २४ गते । जनमत पार्टीको प्रथम बलरा नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले हरिनन्दन प्रसाद यादवको अध्यक्षतामा ६६ सदस्यीय नगर कमिटी चयन गरेको छ । यो संगै जनमत पार्टीले पालिका अधिवेशनको अभियान सुरु गरेको छ ।
बलरा नगरपालिका ११ छटौनास्थित सुधा राजेश्वर जनता माविको प्राङ्गणमा भएको प्रथम बलरा नगर अधिवेशन तथा वृहद पार्टी प्रवेश कार्यक्रमका क्रममा दर्शन राम, उमेश मिश्र लगायत सयौंको संख्यामा अन्य पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन् । स्वराजी अभियानमा होमिएका नव प्रवेशीहरुलाई केन्द्रीय नेताहरुले सम्मानजनक तबरले जनमत पार्टीमा स्वागत गरेका थिए ।

नगर अधिवेशन तथा वृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सो पार्टीका जिल्ला केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला ईन्चार्ज श्रीचन यादव (सुजन) ले सर्लाही क्षेत्र नं. ४ का निर्वाचित प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंह र नेकपा माओवादीका नेता शिवपुजन यादवले गुुण्डाराज चलाएको आरोप लगाउनुुभयो । उहाले डा. आरेश सिंह र शिवपुजन यादवले कहिले जातको नाममा त कहिले पैसाको आडमा सोझा जन्तालाई भ्रमित गरी भोट ठगेर निर्वाचित भई गुण्डाराज गरेको आरोप लगाउनुु भयो । केन्द्रिय सदस्य यादवले उनिहरुले जन्तालाई भ्रमित गरी २० औं वर्षदेखि ४ नम्बर क्षेत्रलाई अन्धकारमा धकेलेको बताउनुुभयो ।
उहाँले नेता कुनै जातको नभई सबैको हुने भन्नुहुँदै नेता बन्न मानवता चाहिने बताउनुभयो । उहाँले आफू कुनै एउटा जातीको सबै जातिको नेता बन्न चाहेको बताउनुभयो । नेताहरु जातको नाममा राजनैतिक गरेको हुदाँ आफुलाई घिन लागेको छ । नेपालको कानुनमा थर परिवर्तन गर्न प्रावधान भएको भए आफुले डोम समुदायले राखेको थर राख्ने गर्थे उहाँले बताउनुुभयो ।
मधेशमा जातपात तथा पैसाको राजनैतिक अन्त्य गर्ने उहाँले बताउनुुभयो । जातको आधारमा राजनैतिक गर्ने मान्छे नेता होइन जातको मानजन हुने भएकोले अमरेश सिंह र शिवपुजन गुण्डा भएको नेता यादवले आरोप लगाउनुुभयो ।
सभामा सो पार्टीका केन्द्रीय नेता राकेश मिश्र लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो भने आम सभामा बलरा नगरपालिकाका विभिन्न वडाहरुबाट बाजागाजा ¥यालीसहित सहभागि भएका थिए ।