जितेश यादव, रामनगर
चैत्र १४ गते । सर्लाहीको रामनगर गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप नकआउट टि–ट्वान्टी क्रिकेट प्रतियोगिता बुधबारदेखी सुरु भएको छ । प्रतियोगिता रामनगर गाउँपालिका वडा न.-२ धुर्वाको खेल मैदानमा सुरु भएको हो ।
प्रतियोगितामा ८ टिमको सहभागीता रहेको छ। टुर्नामेन्टका विजेतालाई नगद रु २० हजार र उपविजेता टोलीलाई नगद रु १० हजार र कप प्रदान गरिने आयोजकले जनाएको छ।
युवालाई कुलतबाट बचाउन तथा शारीरिक सुगठनका लागि सचेत बनाउने उद्देश्यका साथ अध्यक्ष कपको आयोजना गरिएको र यसलाई निरन्तरता दिईने गाउँपालिका अध्यक्ष राजाबाबु यादवले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्रीकेट प्रतियोगिताको उदघाटन संविधान सभा सदस्य तथा माओवादी केन्द्र सर्लाहिका नेता शिवपुजन यादव र गाउँपालिका अध्यक्ष राजाबाबु यादवद्वारा संयुक्त रुपमा गरिएको छ। उदघाटन कार्यक्रममा बशिष्ठ अतिथिको रुपमा संविधान सभा सदस्य शिवपुजन राय , कार्यक्रम सभापति रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादव, प्रमुख अतिथिको रुपमा वडा न-२ का वडा अध्यक्ष सदानन्द यादव , ४ का वडा अध्यक्ष बिरेन्द्र ठाकुर , ५ का वडा अध्यक्ष श्रीनन्दन प्रसाद यादव, वडा न.-७ का वडा अध्यक्ष गौरी शंकर पण्डित सहित स्थानिय भद्र भलादमिको बाक्लो सहभागीता रहेको थियो।