राजु तामाङ, हरिवन
चैत्र ११ गते । रतनिका बचाउ अभियानमा संकलन भएको रकम बिरामीको आफन्तलाई हस्तान्तरण गरेको छ ।
हरिवन ३ निवासी युवा समाजसेवी संजीब मोक्तानको नेतृत्वमा संकलन भएको सहयोग रकम शनिबार आफन्तलाई बुझाएईको हो ।
मोक्तानको नेतृत्वमा विभिन्न देश र विभिन्न ठाउँमा रहेका सहयोगी दाताहरुबाट प्राप्त २ लाख ३१ हजार ६ सय ८४ र मोक्तानको व्यक्तिगत ५ हजार गरी जम्मा २ लाख ३६ हजार ६ सय ८४ रुपैयाँ सहयोग रकम बिरामीको घरमै पुगेर बुझाएको मोक्तानले जानकारी गराए । वडा अध्यक्ष नागेन्द्र कुमार साह, अभियानका संयोजक अमर लाल तामाङ, एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, नेपाली कांग्रेसकी नेतृ सोनी कुमारी बोम्जन, युवा नेता सुनिल डुम्जन, जिल्ला घेदुङका उपाध्यक्ष शशी बल, हरिवन नगर घेदुङ अध्यक्ष राजु लो तामाङ, बागमती नगर घेदुङ सदस्य प्रदिप ब्लोन लगायतको उपस्थितिमा बिरामीको ठुलो बुवा हिरा डुम्जनलाई हस्तान्तरण गरिएको छ ।
१८ वर्षीय रतनिकालाई गम्भीर रोग (Tahir Dices) लागेका कारण केही दिन यता उपचारका लागि बिर हस्पिटल काठमाडौंमा उपचार गरिएको थियो परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण उनको राम्रोसँग उपचार हुन सकिएको थिएन । आर्थिककै कारण रतनिकाले ज्यान गुमाउनु हुदैन भन्दै बचाउ अभियान संचालन गरिएको वडा अध्यक्ष साहले बताए । गाउँबाट चलाएको अभियानले हालसम्म १८ लाख बराबर सहयोग जुटिसकेको अभियानका संयोजक तामाङले जानकारी दिए ।
हाल दिल्लीको एक हस्पिटलमा उनको उपचार भैरहेको र स्वास्थ्यमा सुधार आएको परिवारले जनाएको छ ।