भाइरल पोष्ट, लालबन्दी
९ चैत्र । सर्लाहीको हरिवन १० सुखेपोखरीमा रहेको चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसलाई डस्टविन प्रदान गरिएको छ ।
क्याम्पसबाट निस्कने फोहोर व्यवस्थापन गर्न भन्दै लालबन्दीमा रहेको एकिकृत विकास समाजले लालबन्दीले १६ थान डस्टविन प्रदान गरेको समाजका सचिव दिवाकर झाले बताउनुभयो ।
उहाँका अनुसार क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामशरण उप्रेतीको अध्यक्षता तथा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी डस्टविन प्रदान गरिएको हो ।
डस्टविन हस्तान्तरण कार्यक्रममा क्याम्पस प्रमुख गंगा बहादुर भुजेल, क्याम्पसका अन्य प्राध्यापकहरु तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
डस्टविन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले दाताबाट प्राप्त डस्टविनका कारण क्याम्पस भित्रको फोहोर व्यवस्थापन प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।