भाइरल पोष्ट, हरिवन
चैत्र ८ गते । नेपाल उत्पीडित जातीय मुक्ति समाज हरिवन नगर कमिटीले ५९औं अन्तर्राष्ट्रिय जातीय भेदभाव तथा रंगभेद उन्मूलन दिवस मनाइएको छ ।
हरेक मार्च २१ का दिन संसारभर मनाईने यो दिवस आज सर्लाहीको हरिवनमा पनि एक वृहद अन्तरक्रिया गर्दै मनाइएको हो । कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट भेला भएका दलित अगुवाहरुले दिवसका विषयमा अन्तरक्रिया गरेका थिए ।

संसारभरी विभिन्न ¥याली, जनचेतनामूलक कार्यक्रम अनि कार्याशाला गर्दै यो दिवस मनाइन्छ । सन १९६० मा दक्षिण अफ्रिकामा आजकै दिन जातीय भेदभाव विरुद्ध निकालिएको शान्तिपूर्ण ¥यालीमा प्रहरीले अमानवीय दमन गर्दै निःशस्त्र ६० जनाको निर्मम हत्या गरेको सम्झनामा हरेक वर्ष मार्च २१ मा नेपालसहित संसार भर जातीय भेदभाव विरुद्धको दिवस मनाईने गरिएको छ ।