भाइरल पोष्ट, हरिपुर
चैत्र ८ गते । समुन्नती परियोजना अन्तरगत सर्लाहीको हरिपुरमा बालबालिकामा बचतको संस्कृति विकास गराउने उदेश्यले प्रशिक्षकहरुलाई ५ दिने तालिम दिएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामिण नारी उत्थान संघ हरिपुरले सञ्चालन गरेको सम्मुनति परियोजना अन्तरगत बालबालिकालाई बाल्यकाल देखि नै वित्तिय अनुशासनको विकास गर्दै बाल क्लबका माध्यमबाट बचतको संस्कृति विकास गराउने उदेश्यले चैत्र ४ गतेबाट शुरु भएको प्रशिक्षकहरुको लागि ५ दिने तालिम विहिबार(आज) सम्पन्न भएको हो ।

तालिममा हरिपुर नगरपालिकाका सबै(नौ) ओटै वडाका एक–एक जना प्रशिक्षक सहभागि थिए । उनीहरुलाई समुन्नती परियोजना मार्फत बालबालिकालाई वित्तिय अनुशासनबारे सिकाउने गरी प्रशिक्षक(सहजकर्ता) सम्बन्धी तालिम प्रदान गरिएको परियोजनाकी कार्यक्रम अधिकृत सुजाता शर्माले बाताउनु भयो ।
तालिममा सहभागि सहजकर्ताहरुलाई सेभ द चिल्ड्रेनका बाल संरक्षण शाखाकी प्रशिक्षक कान्ति खडका र दिगो जिविकोपार्जनकी प्रशिक्षक नविनराज ज्ञवाली सहजीकरण गर्नुभएको परियोजना संयोजक दिपक भण्डारीले जानकारी दिनुभयो ।
सेभ द चिल्ड्रेनको सहयोगमा ग्रामिण नारी उत्थान संघ हरिपुरले बाल विबाह न्यूनीकरण, बालवालिकाको सर्वाङ्गिण विकास, स्वास्थ्य, शिक्षा, पोषण, कृषि आदि क्षेत्रमा कार्य गर्दै आएको संस्थाका उपाध्यक्ष बिष्णु चालिसेको भनाइ छ ।
उहाँले तालिमले हरिपुर नगरका १४ देखि १८ वर्ष सम्मका किशोर किशोरीलाई बचत गर्ने बानीको विकास संगसँगै आर्थिक विकास र जीवन समुन्नती टेवा पुर्याउने दाबी गर्नुभयो । तालिम नारी उत्थान संघकै सभाहलमा सम्पन्न भएको थियो ।