भाइरल पोष्ट, कञ्चनपुर
७ चैत्र । देशव्यापी महिलावादीको अनुपम अभियान अन्तरगत मेची–महाकाली बस यात्रा सोमबार शुरु भएको छ । पश्चिम नेपालको कञ्चनपुर र पूर्वी नेपालको झापादेखि एकसाथ महिलावादीको मेची–महाकाली यात्रा शुभारम्भ भएको हो ।
महिलाको हक अधिकारका साथै महिलामाथि हुने हिंसा न्यूनिकरणका लागि टेवा नेपालको आयोजनामा पश्चिम नेपाल महाकाली कञ्चनपुरको महेन्द्रनगर र झापादेखि एकसाथ अभियान शुरु भएको जनाएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको मदनचोकमा महिला अधिकारकर्मीको उपस्थितिमा अभियान शुरु गरिएको थियो ।
कञ्चनपुरकी अधिकारकर्मी एव आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीले पृथकशैलीमा महिलाको हक अधिकार स्थापित गर्ने उदेश्यका साथ देशका दुई स्थानबाट अभियान शुरु गरिएको बताउनुभयो । उहाँका अनुसार कञ्चनपुरका अधिकारकर्मीको उपस्थितिमा अभियानको शुरुवात गरिएको छ । ‘हामी यहाँबाट अभियान शुरु गरेर नवलपुर पुग्छौँ, ‘उनले भनिन, ‘विचविचमा अन्य जिल्लाका सहभागि समेत हामीसंगै जान्छन ।’

अर्की अधिकारकर्मी एव द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रकी अध्यक्ष सिता बोहराले देशका दुई स्थानबाट एकैपटक शुरु भएको अभियान चैत्र ८ गते नवलपुरमा पुगेर समापन गरिनेछ ।
बस यात्रालाई कञ्चनपुरमा सुदूरपश्चिमको लोक देउडा खेलेर विदाई तथा स्वागत गरिएको थियो ।