भाइरल पोष्ट, हरिवन
चैत्र ७ गते । भ्रष्टाचार मुद्धामा विशेष अदालतबाट सफाई पाउनुभएका हरिवन १० का वडाअध्यक्ष शम्भु प्रसाद मैनालीले पुनः पदबहाली गर्नुभएको छ ।

नेकपा एमालेका तर्फबाट हरिवन १० मा पुनः दोश्रो कार्यकालका लागि वडाअध्यक्ष निर्वाचित हुनुभएका मैनाली एक वर्षदेखि भ्रष्टाचार मुद्धा खेपि रहनुभएको थियो । अन्ततः झण्डै एक वर्षपछि अदालतले उहाँलाई सफाई दिएपछि आज बाजागाजासहित उहाँले पुनः पदबहाली गर्नुभएको हो ।
पदवहाली गर्दै वडाअध्यक्ष मैनालीले आफूलाई सफाई दिने विशेष अदालतलाई धन्यवाद दिनुभयो । उहाँले पुनः जनताको सेवामा सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले कार्यावाहक वडाअध्यक्ष अन्जना शर्मा शिवाकोटीको अध्यक्षता तथा उपमेयर हरिमाया घलानको प्रमुख आतिथ्यतामा पदवहाली गर्नुभएको थियो । पदबहाली कार्यक्रममा पूर्व मदेश प्रदेशसभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवनका संस्थापक मेयर गणेश प्रसाई लगाएको आतिथ्यता रहेको थियो ।
पदवहाली कार्यक्रममा सहभागि अतिथी तथा वडावासीहरुले विशेष अदालतबाट सफाई पाई पुनः जनताकै काममा फर्किनु भएका वडाअध्यक्ष मैनालीलाई फुलमाला, अबीर तथा खादा पहिराएर स्वागत तथा सम्मानु गर्नुभएको थियो ।