भाईरल पाेष्ट, लालबन्दी
फागुन २४, ख्रिष्टियन समाज सर्लाहीले सलेमपुर घट्नामा संलग्नलाई कार्वाहीकाे माग गरेकाे छ । समाजका अध्यक्ष कपिलदेव चाैधरीकाे नेतृत्वमा गएकाे टाेलीले प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमला र जिल्ला प्रहरी कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै घट्नामा संलग्न हिन्दु सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण यादवलगायतलाई कार्वाही गर्न माग गरेकाे हाे ।
कृष्ण यादवकाे टाेलिले शुक्रबार दिउँसाे ख्रिष्टियन आस्था अभ्यासका क्रममा विश्वासीहरुमाथि धरपकट र दुर्व्यवहार गरेकाे थियाे । उनीहरुले विश्वासीहरुलाई गालीगलाैज, अपशब्द र दुर्व्यवहार गर्दै बाईबल खाेसी जलाएकाे भिडियाे सामाजिक सञ्वालमा पाेष्ट गरेका थिए भने उनीहरुकाे धार्मिक स्वतन्त्रताकाे हनन् गर्दै जवरजस्ती जय श्रीरामकाे नारा भन्न लगाएका थिए । अल्पसंख्यक धार्मिक समुदायमाथि गरिएकाे यसखाले व्यवहार कानुन विपरित भएकाे समाजकाे ठहर छ । समाजले प्रमुख जिल्ला अधिकारीलाई बुझाएकाे ध्यानाकर्षण पत्रमा भनिएकाे छ, “कविलासी नगरपालिका १० सलेमपुरमा फागुन १८ गते शुक्रबार दिउँसाे संविधानले सुनिश्चित गरेकाे धार्मिक स्वतन्त्रताकाे हक अनुसार ख्रिष्टियन अास्था र अभ्यासकाे क्रममा हिन्दु सम्राट सेनाकाे केन्द्रीय उपाध्यक्ष कृष्ण यादव नेतृत्वमा रहेकाे टाेलिले बाटो छेकी घेरा हालेर बागमती नगरपालिका ५ का विश्वासी महिला दिदिबहिनीहरु दलमाया पुलामी भगवती माया तुम्सिङ, गाेमा कुमारी अाले, सुमन्ता दङ्गाल मगर तथा दाजुभाईहरु लेख बहादुर पुलामी, प्रेम मिरिङचिङ लगायका विश्वासीहरुमाथि अमानवीय, अमर्यादित गतिविधि सहितकाे दुर्व्यवहार, अपशब्द बाेलि, कुटपिट, गालिगलाैज, बाईबल खाेस्ने, जलाउने डर त्रास र धम्की समेत गरि जबरजस्ती हिन्दु नारा जय श्रीराम भन्न लगाउने जस्ता कार्य अनुमतिविना जवरजस्ती भिडियाे खिचेर सामाजिक सञ्जालमा पाेष्ट गरि अल्पसंख्यक धार्मिक समुदाय विशेषगरी सिङ्गो ईसाई समुदायकाे अात्मसम्मानमा ठेस पुर्याउने निन्दनीय कार्य गरेकाे घट्नाप्रति ख्रिष्टियन समाज सर्लाहीकाे गम्भीर ध्यानाकर्षण भएकाे छ ।” ध्यानाकर्षण पत्रमा साे गतिविधिमा संलग्नहरुलाई अागामी दिनमा यस्ता खाले घट्ना नगराउन र गरे हदै सम्मकाे कनुनी कार्वाही गर्न माग गरिएकाे छ । संविधानले सबै नागरिकलाई स्वतन्त्र पुर्वक जुनसुकै धर्म मान्न पाउने हक प्रदान गरेकाेले कविलासीमा भएकाे घटना कानुन विपरित रहेकाे ख्रिष्टियन समाज लालबन्दीका विकास बुढाथाेकीले बताउनुभयाे । उहाँले धार्मिक स्वतन्त्रताको हननले कसैकाे हित नगर्ने बताउनु भयाे ।