भाइरल पोष्ट, हरिवन
फागुन २०, हरिवन ९ स्थित दनुवारीको पचास वर्ष पुरानो बाटोको विवाद समाधानको प्रक्रिया निरन्तर जारी छ । प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले दनुवारीदेखि डुम्रीघारी जाने बाटो वरीपरीका घर तथा जग्गाधनीहरुबीचको वाटो सम्बन्धि विवाद रुपान्तरण प्रक्रिया प्रस्ताव उपर छलफल गरी सर्वसम्मत पारित गरेको छ । हरिवन ९ स्थित उत्पन्नेश्वर महादेव मन्दिर परिसरमा आज माकुरा समहको आयोजनामा द्वन्द्व रुपान्तरणको लागि प्रक्रिया प्रस्तावमा छलफल गरि पारित गरियो । पूर्व प्रदेशसभा सांसद डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष कोकिलानन्द उप्रेतीको अध्यक्षतामा बसेको संयुक्त बैठकमा द्वन्दरत पक्ष तथा सरोकारवालाहरुका बीचमा द्वन्द रुपान्तरणको प्रक्रिया अनुरुप पक्षहरुसँगको अलग अलग छलफलबाट प्राप्त प्रकृया प्रस्तावको धारणाहरुलाई माकुरा समूहको बैठकले तयार गरेको प्रकृया प्रस्ताबको खेस्रा संयुक्त बैठकमा प्रस्तुत गरिएको थियो ।
छलफलका लागि प्रस्तुत गरिएको प्रस्तावमा यसअघिको पक्ष तथा सरोकारवालाहरुको खुल्ला धाराणा संकलनका क्रममा विवाद रुपान्तरणका लागि विवादित बाटो आसपासका सबै जग्गाहरुको नापजाँच गरिने भनिएकोमा त्यसले थप विवाद सिर्जना गर्ने भन्दै जग्गा नापी गर्ने बाहेकका बुदाहरुमा सहमति गर्ने भनिएको थियो । तर प्रक्रिया प्रस्तावमाथि छलफल गर्ने क्रममा नक्सा अनुरुपको बाटो ननिकाल्दासम्म विवाद समाधानको मेसो नभेटिने भन्दै पुनः जग्गा नापी गर्ने र नक्साअनुरुपको बाटो निकाल्ने निष्कर्ष निकालिएको छ । र त्यसपछि समस्या समाधन नभएसम्म द्वन्द्व रुपान्तरण प्रक्रिया निरन्तर जारी राख्ने सहमित भएको छ ।
छलफलमा वडाकार्यालयले विवादित जग्गाहरु नाप्ने र नक्साअनुसारको बाटो निकाल्न सहयो गर्ने निर्णय भएको बैठकको सहजीकरण गर्नुभएकी प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार बाटोकै कारण पक्षहरुबीच बिग्रिएको सम्बन्ध प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रको पहलमा सुधार उन्मुख रहेको छ ।
उहाँले भन्नुभयो, ‘उहाँहरुबीच सम्बन्ध नै बिग्रिएको थियो । प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले द्वन्द रुपान्तरणको प्रक्रियाहरु अवलम्बन गर्दै पक्षहरुसँग अलग अलग तथा यो समेत द्द पटक संयुक्त रुपमा छलफल गराएपछि अहिले सम्बन्ध सुधारोन्मुख भएको छ । आशा छ, उहाँहरु एक आपसमा मिल्नु हुन्छ । उहाँहरुले कसैले नहार्ने, सबैले जित्ने अवस्थाका लागि प्रयास गरिरहनु भएको छ । माकुरा समुहले उहाँहरुसँग निरन्तर छलफल गरिरहेको छ ।’