भाइरल पोष्ट, काठमाडौँ
फागुन १६, सर्लाहीका दलित अधिकारकर्मी राजेश पासवान ३१औँ अधिवक्ता तहको लिखित परीक्षामा उतीर्ण भएका छन् ।
नेपाल कानून व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)ले गत पौषमा सञ्चालन गरेको लिखित परीक्षाको शुक्रबार नतिजा सार्वजनिक हुँदा पासवानको नाम पनि उतीर्ण हुनेहरुको लिस्टमा पर्न सफल भएको हो ।
त्यसै पनि राज्यको मुल धारबाट बञ्चित जातीय उत्पीडनमा परेका सदियौदेखि पछाडी पारिएको दलित समुदायको न्यायमा पहूँच छैन । न्याय दिने ठाउँमा दलित नै नहुँदा दलितलाई न्यायमा असहज स्वभाविक रुपमै हुने गर्दछ । यस्तोमा दलितहरुले पनि कानूनी तहमा पुग्नु नितान्त आवश्यकता छ । यस्तैमा उत्पीडित समुदायको हक अधिकार, न्याय र समानताका लागि विगत २१ वर्षदेखि निरन्तर क्रियाशील दलित अधिकारकर्मी समाजशास्त्री राजेश पासवान अधिवक्ता तहको परीक्षामा पास हुनु भनेको समग्र दलित पास हुन जतिकै हो ।
सर्लाही जिल्ला कबिलासी नगरपालिका वार्ड ८ निवासी पासवानले बि एड, एम ए र कानुनमा एलएलबि उतिर्ण गरेका छन् । मधेश प्रदेशमा दलित अधिकारको लागि सधै सक्रिय रुपमा लागि पर्ने पासवान समुदायको लागि प्राज्ञिक ढंगबाट वकालत गदै आएका छन् ।
मौखिक परीक्षा आगामी चैत्र २ गते शुक्रबार र ३ गते शनिबार हुनेछ । आफू मौखिक परिक्षामा पनि सफल हुने पासवानले विश्वास व्यक्त गरेका छन् ।