भाइरल पोष्ट, सर्लाही
फागुन –१६, सम्मानित सर्वोच्च अदालतको अन्तिम फैसलाको पूर्णपाठ नआउँदै केही सञ्चार माध्यमबाट ‘नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह दोषी ठहर’ भनि भ्रमपूर्ण प्रचारबाजी गरिएको भन्दै सभापति सिंहले आपत्ति प्रकट गर्नु भएको छ ।
आफू राजनीतिक प्राणी भएको र आफ्नो राजनीतिक प्रतिष्ठालाई समेत निमिट्यान्न पार्ने उदेश्यले षड्यन्त्रपूर्ण रूपमा आफू विरूद्ध गलत प्रचारबाजी गरिएको भन्दै उहाँले आपत्ति प्रकट गर्नुभएको हो ।
सिंहलाई विपक्षी बनाएर नेपाल सरकारले दायर गरेको मुद्दाको फैसलामा पुनरावेदन जिकिर नपुग्ने फैसला सुनाएको छ । त्यस्तै सभापति सिंहले नेपाल सरकारलाई विपक्षी बनाएर दायर गरेको अर्को मुद्दा केही उल्टी भनि शब्दको फैसला गरेको छ । यति हुँदाहुँदै अहिले नै दोषी ठहर भयो भनेर प्रचार गर्नु भ्रम फैलाउनु बाहेक अरु केही नभएको सभापति सिंहले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘सम्मानित सर्वोच्च अदालतबाट हुने फैसलाको सम्मान गर्नुपर्छ । म पनि फैसलाको सम्मान गर्दछु । तर कुनै राजनीतिक व्यक्तिको चरित्र माथि गलत प्रश्न र भ्रम फिजाउँन पाइँदैन ।’
उहाँले सम्मानित सर्वोच्च अदालत माथि आफ्नो विश्वास यथावत रहेको र आफ्नै पक्षमा फैसला आउने विश्वास समेत व्यक्त व्यक्त गर्नुभयो ।
यस्तो छ, सर्वोच्च अदालतको दैनिक पेसिको सूचि :