भाइरल पोष्ट, लालबन्दी
फागुन १६, नेपाल होटल तथा पर्यटन व्यवासयी संघ सर्लाहीको साधारण सभा तथा जिल्ला अधिवेशन लालबन्दीमा सम्पन्न भएको छ । अधिवेशनले जानकी पार्टी प्यालेस मलंगवाका सञ्चालक राजेश कुमार शर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जिल्ला अध्यक्ष हिराकाजी योन्जनको अध्यक्षता तथा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले अध्यक्षमा संघका निवर्तमान महासचिव शर्मासहित वरिष्ठ उपाध्यक्षमा नहकुल भण्डारी, प्रथम उपाध्यक्षमा नबीन काफ्ले, द्वितीय उपाध्यक्षमा मनोज साह, महासचिवमा सन्तोष कुमार दास, सचिवमा मनोज दास, कोषाध्यक्षमा ऋषि धिताल र सह–कोषाध्यक्षमा सञ्जीव राउतलाई चयन गरेको हो ।
त्यस्तै समितिको सदस्यहरुमा अभिशेष नगरकोटी, मिना कार्की, पवित्रा कार्की, विर्जु श्रेष्ठ, सविन प्रसाद रिजाल चयन भएका छन् । अधिवेशन लालबन्दी ९ स्थित होटल आर्यामा भएको थियो । अधिवेशनमा महासंघको मधेश प्रदेशका वरिष्ठ उपाध्य उदय सापकोटा, कोषाध्यक्ष बैकुण्ठ सापकोटाको विशिष्ट आतिथ्यता रहेको थियो भने हास्य कलाकार शिवशंकर रिजाल(जोगिन्दर पानवाला), कलाकार दिनेश काफ्ले (हाउडे दाई), राजेश खोटाङ्गे (गजलकार), केदार मैनाली (समाजसेवी)को समेत आतिथ्यता रहेको थियो ।
अधिवेशनमा जिल्लाका विभिन्न शहर बजारमा होटल व्यवसाय सञ्चालन गरिरहेका होटल व्यवसायीहरुको उपस्थिति रहेको थियो ।