भाइरल पोष्ट, काठमाण्डौ
फागुन १३ । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट युवा संघ नेपालले मिटरब्याजपीडितहरुकोको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।
सो पार्टीका नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा भृकुटीमण्डप पुगेर संघले मिटरव्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको हो ।
संघका संयोजक कृष्ण कुमार विश्वकर्माले मिटरव्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दै विज्ञप्ती समेत जारी गर्नुभएको छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘युवा संघ नेपाल नेपालीयुवाहरुको साझा र नेतृत्वदायी संगठन हो । यसले स्थापनाकाल देखि नै राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, जनजिविका एवं युवाका हक हित र अधिकारको पक्षमा आवाज उठाउदै आएको छ । नेपालमा संचालन नभएका परिवर्तनका हरेक आन्दोलनमा युवा संघ नेपालको प्रभावकारी र नेतृत्वदायी भुमिका रहदै आएको कुरा सबैमा जानकारीको विषय हो । सम्विधान र लोकतन्त्रको रक्षा गदै स्थायित्व, बिकास र अग्रगमनको आशा जगाउने, जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीति प्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचार विरुद्ध जेहाद छेड्ने र समाजवादी यात्रामा आमजनसमुदायलाई लामबद्द हुन प्रेरित गर्ने सन्देश प्रवाहका लागि युवा संघ नेपालले अभियान संचालन गरिरहेको जानकारी गर्दछौं ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस अभियानका क्रममा विगतमा भएका मिटरव्याज विरुद्धको कानुन पारित गराउने आन्दोलन, १३ दिन निरन्तर हिडेर आएको मिटरव्याजी पीडितहरुको संसद घेराउ कार्यक्रम, उखु किसानहरुको आन्दोलन, भ्रष्टाचार विरुद्धको आन्दोलन आदि विरुद्ध जनतालाई सचेत र जागरुक पार्दै सरकारलाई सृजनात्मक दवाब दिएका छन् । यस क्रममा फेरि मिटरव्याजी पीडित किसानहरु पुर्वको काकडभिट्टा देखि पश्चिमको कञ्चनपुरबाट निरन्तर २३ दिन पैदल हिडेर न्यायका निम्ति राजधानी काठमाडौं आइपुगेको छ । यसका निम्ति युवा संघ नेपाल आन्दोलन सफलताको शुभकामना व्यक्त गर्दै, संघर्षका सबै कार्यक्रमहरुमा दृणता पुर्वक एक्यवद्धता व्यक्त गर्दछ ।
अतः आन्दोलनरत मिटर व्याजी पीडित किसान जनसमुदायको सबै प्रकारका संघर्षका क्रार्यक्रमहरु निष्कर्षमा नपुगे सम्म युवा संघ नेपाल हातेमालो गर्नेछ । त्यसका साथै पीडित किसानहरुको समस्यालाई गम्भीरता पुर्वक लिन, उनीहरुका पीडालाई पूर्ण हल गर्न, किसानहरुलाई यस पीडाबाट मुक्त बनाउने ढंगले कदम चाल्न र दलाल फटाहा(भ्रष्ट लुटाहा, रक्त पिसाज मिटर व्याजीहरुलाइ कडा भन्दा कडा कार्वाही गरि अधिकतम न्याय प्रदान गर्न प्रचण्ड सरकार सङ युवा संघ नेपाल जोडदार माग गर्दछ । अन्यथा, हाम्रो संगठन आन्दोलन र संघर्षका कार्यक्रमहरु घोषणा गर्ने जानकारी गर्दछौं ।’