भाईरल पोष्ट, लालबन्दी ।।
चैत्र १० गते ।। नेकपा एमाले सर्लाहीले मिसन ग्रासरुट कार्यक्रमको समीक्षा तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
शनिबार लालबन्दी स्थित मदनआश्रित भवनमा सो पार्टीको केन्द्रीय निर्देशन अनुसार जिल्लामा सञ्चालन भएको पार्टी सुदृढीकरण तथा विस्तार (ग्रासरुट) कार्यक्रमको समीक्षा तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।
पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रमको प्रभावकारीताबारे समीक्षा गर्दै कार्यक्रमलाई थप प्रभावकारी बनाउने उदेश्यले समीक्षा तथा प्रशिक्षण कार्यक्रम राखिएको नेकपा एमाले जिल्ला कार्यसमितिका उपाध्यक्ष विदुर कुमार प्याकुरेलले बताउनुभयो ।
उहाँका अनुसार कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, मिसन ग्रासरुट अभियानमा खटिनु भएका केन्द्र तथा मधेस प्रदेश कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटी, पार्टीबाट निर्बाचित जनप्रतिनिधि तथा प्रत्यासी उमेदवारहरु, क्षेत्रीय समन्वय कमिटी, जनबर्गीय संगठनका केन्द्र तथा जिल्ला तहका नेताहरु, पालिका कमिटीका सबै पदाधिकारीहरु, अभियानमा जिल्लाले खटाईएका नेताहरुको उपस्थिति रहने छ ।
कार्यक्रम शनिबार विहान ११ बजेका लागि तय भएको जिल्ला उपाध्यक्ष प्याकुरेलले बताउनुभयो ।
उहाँका अनुसार संघ र प्रदेशसभा सदस्य निर्वाचन पछि नेकपा एमालेले केन्द्रीय सर्कुलर अनुसार सर्लाहीसहित मधेश प्रदेशका जिल्लाहरुमा मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरिरहेको छ ।