भाईरल पोष्ट, हरिवन ।।
चैत्र ९ गते ।। सर्लाहीको हरिवन ९ स्थित जनता प्रावि विष्णुपुरमा फरक क्षमता भएका विद्यार्थीहरुलाई ब्ल्यांकेट, झुल,हाइजिन किट तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
हरिवनस्थित बागमती सेवा समाजले निवर्तमान प्रदेश सांसद डिल्ली प्रसाद उप्रेती र बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्कीको समुपस्थितिमा त्यहाँ अध्ययनरत १२ जना फरक क्षमता भएका बालबालिकाहरुलाई ७ थान ब्लांकेट, ७ थान झुल, १२ पिस विद्यालय झोला, हाईजिन किट, स्यानिटाईजर लगायतका शैक्षिक सामाग्री राहत स्वरुप प्रदान गरेको बागमती सेवा समाजले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु महत तथा प्रधानाध्यापक पुजिता अधिकारी भट्टराईको समन्वयमा बागमती सेवा समाजले त्यहाँ राहत वितरण गरेको समाजका अध्यक्ष भरत कुमार कार्कीले बताउनुभयो ।
अध्यक्ष कार्कीले भन्नुभयो, ‘बालबालिकाको पठनपाठनमा सहयोग गर्नुलाई सामाजिक उत्तरदायित्व ठानी उनीहरुलाई राहत प्रदान गरिएको हो ।’
राहत वितरण कार्यक्रममा हरिवनका युवा ब्यक्तित्व बिनेश कार्की, सरोज अधिकारी, विप्लप कार्की लगायतको उपस्थिति रहेको थियो ।