भाइरल पोष्ट, हरिवन ।।
चैत्र ८ गते ।। नेकपा एकीकृत समाजवादी पार्टीले हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखि क्याम्पसको नवनिर्वाचित स्ववियू पदाधिकारीलाई सम्मान गरेको छ ।
सो पार्टीको हरिवन नगरकमिटीले पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी अनेरास्ववियू(एस) को तर्फबाट स्ववियू पदाधिकारीमा निर्वाचित भएका पदाधिकारीहरुलाई सम्मान गरिएको सो पार्टीले जनाएको छ ।
नगर अध्यक्ष सुकदेव कार्कीको अध्यक्षता तथा निवर्तमान प्रदेश सांसाद डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा एकीकृत समाजवादीको तर्फबाट स्ववियू कोषाध्यक्षमा संजय कुमार महतो र प्रत्यक्ष निर्वाचित सदस्य धिरेन्द्र कुमार महतो तथा समानुपातिक सदस्य विप्लप पोखरेल, काजल काफ्ले र मनिका मल्ल आलेलाई अविर माला र दोसल्ला ओढाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा भरत कुमार कार्की, धन बहादुर मिक्चन, रबिन्द्र भट्टराई, ज्योति भुजेल, यम बहादुर भुजेल, हरि बहादुर अधिकारी, सन्जिव भट्टराई, दिल बहादुर फुयाल, अशोक थापा, अजय महतो, संकर महतो, गिता घिसिङ, चन्द्र किशोर साहा,सरिता लोप्चन,मनु आले मल्ल,ललित सिह,बिना पोखरेल, सन्तोष पौडेल, ऋषिराम दंगाल, शुशिला चौधरी लगायतको आतिथ्यता रहेको थियो ।
चैत्र ५ गते भएको स्ववियू चुनावमा यहाँ अखिल क्रान्तिकारी, अनेरास्ववियू एस, नेविसंघ र समाजवादी विद्यार्थी संगठनले संयुक्त प्यानल बनाएर चुनावमा होमिएका थिए ।
नेकपा एमालेको अनेरास्ववियूलाई हराउँदै सचिव पद बाहेकका सबै पद संयुक्त प्यानलले जितेको थियो ।