भाइरल पोष्ट, हरिवन ।।
चैत्र ५ गते ।। हरिवन ४ स्थित सासापुर स्वास्थ्य चौकीमा १५० बढीले बाथरोगको निःशुल्क जाँच गराएका छन् ।
हरिवन नगरपालिकाको आयोजनामा काठमाण्डै दिर्घायू गुरु हस्पिटलका फिजिसियन बाथरोग विशेषज्ञ डाक्टर नरेन्द्र प्रसाद मैनालीले विरामीहरुको बाथरोग परीक्षण गर्नुभएको हो ।

हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले नागरीकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले बाथरोगको निःशुल्क जाँच तथा औषधी वितरण गर्न सुरु गरिएको बताउनुभयो । उहाँले आफूहरुको आग्रहमा डाक्टर मैनालीले पनि काठमाण्डौंदेखि आएर हरिवनका नागरीकको निःशुल्क स्वास्थ्य जाँच गर्नुभएको बताउनुभयो ।
उहाँले गएको महिनादेखि आफूहरुले प्रत्येक महिनाको पहिलो आईतबार बाथरोगको निःशुल्क जाँच तथा औषधी वितरण गर्न थालेकोले यसबाट लाभलिन नगरवासीसँग आग्रह गर्नुभयो ।
नगरपालिकाको योजना अनुसार अबको शिविर आगामी २०८० साल बैशाख ३ गते आईतबार हुने नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले बताउनुभयो ।