भाइरल पोष्ट, लालबन्दी ।।
चैत्र ४ गते ।। पत्रकार प्रकाश मैनालीले आफ्नी छोरीको जन्मदिनको अवसरमा लालबन्दीस्थित गुरुकुलममा शैक्षिक समाग्री प्रदान गरेका छन् ।

रेडियो एकताका व्यवस्थापक समेत रहेका मैनालीले आफ्नी छोरी अस्मी मैनालीको जन्मदिनमा शनिबार लालबन्दी ७ स्थित डुमडुमे मन्दिर परिसरमा रहेको राधाकृष्ण गुरुकुलमका बटुकहरुलाई कापी र डटपेन वितरण गरेका हुन् ।
ईश्वरपुर नगरपालिका ७ बयलवास निवासी पत्रकार मैनालीले छोरी अस्मी ९ वर्ष पूरा भई १० वर्षमा प्रवेश गरेको अवसरमा परमहर्षका साथ सामाजिक सेवा अन्तर्गत बटुकहरुको अध्ययनमा थोरै भएपनि टेवा पुगोस भनेर शैक्षिक सामग्री प्रदान गरेको बताए ।
शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा सामुदायिक रेडियो एकताका अध्यक्ष गोविन्द महत, जनज्योति बुहुमुखी क्याम्पसका अध्यक्ष दीपक अधिकारी, नेपाल किसान महासंघ सर्लाहीका अध्यक्ष विष्णुमणि घिमिरे, गुरुकुलुमका अध्यक्ष माधव खरेल, गुरुकुलमका प्राचार्य अच्यूतम प्रसाद दाहाल, विद्यार्थी नेता युवराज देवकोटा(योगराज), प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण प्रसाद थपलियालगायतको उपस्थिति रहेको थियो ।