भाइरल पोष्ट, लालबन्दी ।।
चैत्र २ गते ।। सर्लाहीको लालबन्दी २ स्थित जुटपानीका मनकारी दुई दाजुभाईले बृद्धा सेवा आश्रममा आश्रित आमाबुवालाई मिष्ठान्न भोजन गराउनुभएको छ ।
आफ्नो दिवंगत बुवा खड्ग बहादुर विश्वकर्माको पूण्य तिथीको अवसर पारी लालबन्दी २ का पदम बहादुर र मंगल बहादुर विश्वकर्माले जुटपानी स्थित पद्म भुवनेश्वरी नमूना वृद्धासेवा आश्रममा आश्रित आमाबुवाहरुलाई आज विहानको एक छाक मिष्ठान्न भोजन गराउनुभएको हो ।
उहाँहरुले स्वर्गिय बुवाको आत्माको चिर शान्तिको कामना गर्दै आश्रममै पुगेर आश्रित आमाबुवाहरुलाई मिष्ठान्न भोजन गराउनुभएको आश्रमकी व्यवस्थापक भवानी कोईरालाले बताउनुभयो ।
मिष्ठान्न भोजन गराउनुहुने मनकारी दुई दाजुभाई पदम बहादुर र मंगलबहादुर विश्वकर्मालाई धन्यवाद दिनुहुँदै उहाँले सहयोगी महानुभावहरुको अटुट सहयोग नै आश्रममा रहेका आमाबुवाहरुको जिउने आधार भएको बताउनुभयो ।
उहाँले पूण्यतिथि, जन्मदिन र अन्य शुभकार्यको अवसरमा विभिन्न सहयोगी र मनकारी मनहरुले गरेको सहयोगकै सधैं स्मरण गरिने बताउनुभयो ।