भाइरल पोष्ट, लालबन्दी ।।
चैत्र २ गते ।। चैत्र ५ गते देशभर त्रिवि क्याम्पसहरुमा स्ववियू चुनाव हुँदैछ । ५ गते नै सर्लाहीका जनज्योती बहुमुखि क्याम्पस, चतुर्भुजेश्वर क्याम्पस र सर्लाही क्याम्पसमा पनि स्ववियू चुनाव हुँदैछ ।
जनज्योती क्याम्पसमा नेविसंघका अभिमनु चौधरी सभापतिका उमेदवार छन् । उनले स्ववियू सभापतिमा जित्ने नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् मधेस प्रदेश सभा सदस्य जंगिलाल रायले दाबी गरेका छन् ।
आज लालबन्दीमा भएको स्ववियू चुनाव लक्षित वृहद भेलालाई सम्बोधन गर्दै प्रदेश सांसद रायले यस क्षेत्रमा कांग्रेस बलियो रहेको र नेपाली कांग्रेसका सवै कार्यकर्ताको मनसाय अभिमनु चौधरीको टिमले जित्नु पर्छ भन्ने रहेकाले पनि जित सुनिश्चित रहेको बताए । उनले पार्टी भित्र रहेको मतभेदको अन्त्य गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्न कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहलाई आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि कांग्रेस नेता रायले आगामी चैत –५, गते हुने स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनमाको सन्दर्भमा लालबन्दीमा आयोजित वृहत् कार्कर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसका मधेस प्रदेश सदस्य एवम् सर्लाही स्ववियु निर्वाचन संयोजक शर्मिला थापाको सभापतित्वमा सम्पन्न वृहत् भेलाका विशिष्ट अतिथि कांग्रेस नेता एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठले एकमत भएर अघि बढ्दा ६२ सालमा जनज्योति क्याम्पसमा नेविसंघले नेतृत्व प्राप्त गरेको बताउँदै एकताबद्ध भएरै अघि बढ्न आग्रह गरे ।
उनले एकताबद्ध भएर अघि बढी स्ववियु निर्वाचनमा नेविसंघ नेतृत्वले जित्दामात्र सवैको प्रतिष्ठा बढ्ने बताए । उनले स्ववियु निर्वाचनमा आफ्नो सवै खालको सहयोग रहने बताए ।
नेपाली कांग्रेस सर्लाही सभापति सुरेन्द्र प्रसाद सिंहले अभिमनु चौधरीको टिमले जनज्योति क्यापसमा स्ववियु चुनाव जित्ने विश्वास व्यक्त गरे । उनले पार्टीमा देखिएको मतभेद अन्त्य गरि एकताबद्ध भएर अघि बढ्न आफुले पहल गर्ने बताए ।
भेलालाई सम्बोधन गर्दै काँग्रेस महाधिवेशन प्रतिनिधि प्रमोद बराल, प्रदेश (ख)का सभापति सीताराम दाहाल, जिल्ला कार्यसमिति सदस्य भिम बहादुर जर्घा, विश्वामित्र रिजाल, चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो, प्रदेश सदस्य मदन विश्वकर्मा, प्रशान्त आचार्य लगाएका बक्ताहरूले सवैको ध्यान स्ववियु निर्वाचनमा अभिमनु चौधरीको टिमलाई जिताउने रहेकाले जित सुनिश्चित रहेको बताए । वक्ताहरूले आपसी मतभेदको अन्त्य गरि पार्टीलाई एक ढिक्का बनाउनुपर्ने तर्क गरे ।
कार्यक्रममा जनज्योति बहुमुखी क्याम्पस व्यवस्थापन समितिका पूर्व अध्यक्ष शिव प्रसाद न्यौपानेले आफुहरूले घरघर गएर, नगरपालिका गुहारेर क्याम्पस बस, इ –लाइब्रेरी सञ्चालनको व्यवस्था मिलाएको भएपनि अखिलका विद्यार्थीहरूले आफुहरूले गरेको भनेर अनर्गल प्रचार गरिरहेकाले त्यसलाई चिर्न आवश्यक रहेको बताए । उनले अखिलको अनर्गल प्रचारको भ्रममा नपर्न विद्यार्थीहरूलाई आग्रह गरे । कार्यक्रमको सञ्चालन युवा नेता नारायण गुर्मछानेले गरेका थिए ।