भाइरल पोष्ट, हरिपुर्वा ।।
चैत्र २ गते ।। सर्लाहीको चारओटा पालिकामा सञ्चालित समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजनाको बुधबार अनुगमन गरिएको छ ।
अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा, वल्र्ड भिजन इन्टरनेसनल नेपाल तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र (आर.आर.पि.के.) सर्लाहीको साझेदारीमा हरिपूर्वा नगरपालिका, पर्सा, ब्रह्मपुरी र चन्द्रनगर गाउँपालिकामा सञ्चालित “समावेसी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना” अन्तर्गतका कार्यक्रम तथा भौतिक संरचनाको जिल्ला तथा पालिका स्तरिय सरोकारवालाहरुद्वारा संयूक्त अनुगमण गरिएको हो ।
सिकाइ परियोजनाले परियोजना सञ्चालन भएका ती चार पालिका अन्तर्गत ६ वटा सामुदायीक विद्यालयमा २ कोठे आर.सी.सी. विद्यालय भवन र ५ वटा विद्यालयमा बाल मैत्री तथा अपाङ्गतामैत्री पक्की शौचालय भवन निर्माण गरिररहेको छ ।
संयुक्त अनुगमन टोलिले विद्यालयहरुमा बसाई व्यवस्थापन सामग्री तथा शैक्षिक सामग्रीअरुको पनि अवलोकन गरेका छन् । टोलीले रुपान्तरण कक्षा, पढाई सचेतिकरण सत्र, टोल शिक्षा, तथा अपाङ्गता भएका बालबालिकाहरुलाई गरिएको सहयोग तथा उनीहरुमा भएको शैक्षिक प्रगतिको पनि अनुगमण तथा छलफल गरिएको थियो ।
अनुगमण टोलीमा जिल्ला समनव्य समिति प्रमुख कौशल सिंह, सदस्य रेखा देवी साह, हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद कुमार साह, ब्रहम्पुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतो, वडा अध्यक्ष श्याम साह, नोखेलाल राय, स्थानीय तहका कर्मचारीहरु कुमार परियार, जनक काफ्ले, सबिता साह, चन्दा यादव, राजिब कुमार शर्मा लगायतका व्यक्तीहरु रहेको थियो ।
सिकाइ परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेको छ साथै गुणस्तरिय बालमैत्री तथा अपाङ्गता मैत्री भौतिक पुर्वाधार निर्माण भइरहेको जिल्ला समनव्य समिति प्रमुख कौशल सिंहले बताउनु भएको छ ।
परियोजनाले सहयोग गरेका सामग्री तथा निर्माण गरेका संरचनाहरुको उचित प्रयोग हुनु पर्छ र विद्यालयको सिकाइ उपलब्धि बढाउनलाई पालिका स्तरबाट पनि नियमित अनुगमण हुनु पर्ने अनुगमन टोलीकी सबिता साहले बताउनुभयो ।
रुपान्तरण कक्षामा सिखाएका बिषय बस्तुहरु आफ्नो कक्षाको अरु साथीहरुलाई पनि सिकाउनु पर्ने, यसले बालबालिकाको ज्ञानलाई बृदि गर्ने र आत्मबललाई बढाउन मदत गर्छ हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद कुमार साहले बताउनु भएको परियोजनाका संरक्षण संयोजक नागेन्द्र कुमार साहले जानकारी दिनुभयो ।