भाइरल पोष्ट, हरिवन ।।
चैत्र १ गते ।। सरकारले शुरु गरेको हात्तीपाईले रोग विरुद्धको आम औषधी सेवन अभियान हरिवनमा अन्तिम चरणमा पुगेको छ ।
फागुन ११ गते देखि शुरु भएको अभियान अन्तर्गत हालसम्म नगरभित्रका झण्डै ९६ प्रतिशत अर्थात ४९ हजार ८२३ जनाले औषधी सेवन गरिसकेको नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले बताउनुभयो । हरिवन नगरपालिकाको कुल जनसंख्या ५२ हजार बढी रहेको छ ।
उहाँका अनुसार अभियान अन्तर्गत नगरका सबै वडाका टोलटोलमै पुगेर स्वास्थ्यकर्मीहरुले निःशुल्क हात्तीपाईले रोग विरुद्धको औषधी खुवाई रहेका छन् । अभियान सफल बनाउनका लागि स्वास्थ्यकर्मीकै निगरानीमा यो रोग विरुद्धको औषधी खुवाउने गरिएकोले हरिवनमा अभियान सफलउन्मुख भएको नगर स्वास्थ्य शाखा संयोजक चौधरीले बताउनुभयो ।