भाइरल पोष्ट, हरिवन ।।
चैत्र १ गते ।। सर्लाहीको हरिवनमा आमा तथा नवजात शिशु सुरक्षा तथा अन्य निर्देशिकाहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नगर प्रमुख कमल बुढाथोकी, उपप्रमुख हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान लगायतको उपस्थितिमा भएको अभिमुखिकरण कार्यक्रम नगर स्वास्थ्य शाखाले आयोजना गरेको हो ।
अभिमुखिकरणका क्रममा हरिवनमा आमा तथा नवजात शिशुको सुरक्षाको अवस्था राम्रो भएको जानकारी दिइएको छ । नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले हरिवनमा विगतमा भन्दा आमा तथा नवजात शिशु स्याहारको अवस्था राम्रो रहेको छ । उहाँका अनुसार हरिवनमा गर्भवती भएपछि नियमित चार पटक स्वास्थ्य जाँच गराउनेको संख्या ६६ प्रतिशत, सुत्केरी पछि तेश्रो जाँच गराउनेको संख्या ७२ प्रतिशत, गर्भवती अवस्थामा नियमित आइरन चक्की खानेको दर ५७ प्रतिशत रहेको छ । त्यस्तै सुत्केरी पछि भिटामिन ए खानेको संख्या ८९ प्रतिशत र ४५ आइरन चक्की खानेको संख्या ८३ प्रतिशत रहेको छ ।
फागुन २८ गतेदेखि चलेको अभिमुखिकरणमा पहिलो दिन नगरका चारओटै स्वास्थ्य संस्थाका इन्चार्ज र नर्सिङ्ग कर्मचारी, २९ र ३० गते सबै नर्सिङ्ग कर्मचारी र आज चैत्र १ गते सबै इन्चार्ज र विद्यालय नर्सहरुको सहभागि रहेको थियो ।
त्यस्तै अभिमुखिकरणमा नगरका लिलावती अस्पताल, नमूना अस्पताल तथा नेपाल परिवार नियोजन संघका स्वास्थ्यकर्मीहरुको समेत सहभागिता रहेको थियो ।