भाइरल पोष्ट, हरिपुर ।।
चैत्र १ गते ।। सर्लाहीको हरिपुरमा ‘नगरस्तरीय खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड’ स्थापना भएको छ ।
बागमती सेवा समाजले त्यहाँ सञ्चालन गरेको खानेपानी आयोजनालाई दिगोपना र व्यवस्थित बनाउनका लागि हरिबहादुर थापाको अध्यक्षतामा १२ सदस्यीय बोर्ड स्थापना गरिएको बागमती सेवा समाजले जनाएको छ ।
नगरपालिकाले जारी गरेको खानेपानी व्यवस्थापन, नियमन तथा परिचालन ऐन २०७९ अनुसार खानेपानी आयोजना सञ्चालन भएका वडाका वडाअध्यक्षहरु, विभिन्न खानेपानीका उपभोक्ता समितिका सदस्यहरु, नगरपालिकाको खानेपानी तथा सरसफाई हेर्ने शाखाका कर्मचारीहरुसमेत संलग्न गरी बोर्ड स्थापना गरिएको हो ।
अक्सफाम नेपालको सहयोगममा हरिवनस्थित बागमती सेवा समाजले हरिपुरका विभिन्न वडामा शुद्ध पिउने पानी उपलब्ध गराउने उदेश्यका साथ डेभपिङ्ग अल्टनेट म्यानेजम्यान्ट मोडुल अर्थात खानेपानी आयोजनाहरुकाल लागि बैकल्पिक व्यवस्थापन पद्धति आयोजना सञ्चालन गरिरहेको छ ।
विगतमा थुप्रै खानेपानीका आयोजनाहरु सञ्चालन भएको भएपनि सोको व्यवस्थापन हुन नसकेको कारण ती आयोजनाहरु अलपत्र परेको, बन्द भएको भन्दै आगामी दिनमा नगरभित्र सञ्चालन हुने खानेपानी आयोजनाहरुको दिगोपनाका लागि वोर्ड नै स्थापना गरेको परियोजनाका प्रमुख किशोरचन्द्र उपाध्यायले जानकारी दिनुभयो ।
नगरप्रमुख गोपाल पजियारको अध्यक्षतामा भएको बोर्ड स्थापना कार्यक्रममा उपमेयर निलमदेवी राय, प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल लगायतको उपस्थिति रहेको थियो ।