भाइरल पोष्ट, हरिपुर ।।
फागुन २७ गते ।। सर्लाहीको हरिपुरमा आधारभूत स्काउट तालिम शुरु भएको छ । नेपाल स्काउट र हरिपुर नगरपालिकाको आयोजनामा ६ दिने ५२१ बिटिसि तथा ३८० पिटिसि तालिम तालिम शनिबार शुरु भएको हो ।
तालिमको शनिबार विहान चिताईन स्थित खेल मैदानमा हरिपुर नगरपालिकाका मेयर गोपाल पजियारले उद्घाटन गरेका छन् । तालिममा जिल्लाका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी गरी ६४ जना प्रतिक्षार्थी सहभागीता रहेको हरिपुर नगर शिक्षा शाखाका संयोजक नागेश्वर रायले जानकारी दिए ।
तालिमको उदघाटन समारोहमा हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल, प्रशासनका अधिकृत विनय पौडेल, आर्थिक शाखाका प्रमुख भुपेन्द्र सिंहलगायतको आतिथ्यता रहेको थियो ।
दैवी प्रकोप, विपत्त तथा जोखिम उद्धारका लागि ११ वर्ष देखि १६ वर्ष उमेरका विद्यार्थीका लागि यो तालिम प्रभावकारी हुने प्रशिक्षक कृष्ण चालीसले जानकारी दिए । स्काउटका प्रशिक्षार्थीहरुले हरिपुर नगरपालिका मेयर गोपाल पजियार सामू आफ्नो कलाकौशल प्रस्तुत गरेका थिए । विपत्तिका बेला आइपर्ने समस्यादेखि जीवन उपयोगी शिक्षा, स्वास्थ्य र विपत्तको पूर्व जानकारी त्यसबेला आइपर्ने आफ्नो सुरक्षा, बौद्धिक ज्ञान, नैतिक गायन, शाररिक, मानसिक, धार्मिक ज्ञान सिकाइने प्रशिक्षक चालिसेले बताए ।
तालिमका पुरुष तथा महिला सहभागिहरुलाई नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक कृष्ण चालिसे, राष्ट्रिय महिला प्रशिक्षक रत्नादेवी चावल, सहायक राष्ट्रिय प्रशिक्षक गंगा प्रसाद मैनाली, सहायक राष्ट्रिय प्रशिक्षक शिखर सिग्देल लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् ।