भाइरल पोष्ट, पर्सा ।।
फागुन २६ गते ।। ‘‘प्रविधि युगमा लैङ्गिक समानताका लागि महिला तथा बालबालिकाहरुको भूमिका’’ विषयक अन्तरक्रिया कार्यक्रम गर्दै जिल्लाको दक्षिण पूर्वी पर्सा गाउँपालिकामा पनि ११३औं विश्व नारी दिवस भव्य रुपमा मनाइएको छ ।
गाउँपालिकाकै आयोजना तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेशनल, ह्याण्डीक्याप ईन्टरनेशन, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आरआरपिके), वल्र्ड एजुकेशन र पर्सा गाउँपालिकाको साझेदारीमा त्यहाँ सञ्चालित समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजनाको समन्वयमा गाउँपालिकाकी उपाध्यक्ष नूतनदेवी मण्डलको अध्यक्षता तथा गापा अध्यक्ष धिरेन्द्र रायको प्रमुख आतिथ्यतामा भव्यरुपमा अन्तरक्रिया कार्यक्रम सहित दिवस भव्य रुपमा मनाइएको हो ।

अन्तरक्रिया कार्यक्रमको उद्घाटन सभाध्यक्ष तथा गापा उपाध्यक्ष मण्डलले गमलामा पानी हालेर गरेकी थिईन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत सुरेश राय, सबै(६)ओटै वडाका वडाअध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख नवलकिशोर साह, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चन्दा यादव, सूचना तथा प्रबिधि शाखा प्रमुख रुपेश यादव, आरआरपिके का संरक्षण संयोजक नागेन्द्र प्रसाद शाह लगाएतका महानुभावहरुको आतिथ्यता रहेको थियो ।
गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख चन्दा यादवको स्वागत मन्तव्य रहेको अन्तरक्रिया कार्यक्रममा आरआरपिकेका संरक्षण संयोजक नागेन्द्र कुमार साहले अन्तर्राष्ट्रिय नारी दिवसको बारेमा स्पष्ट पारेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी गापा अध्यक्ष धिरेन्द्र रायले महिलालाई अधिकार दिलाउन सबै एकजुट भई लाग्नु पर्ने बताएका थिए । उनले प्रविधिको सही सदुपयोग गरेर महिलाहरुले आफ्ना हक अधिकारका विषयमा जानकारी लिन सक्ने बताए । उनले महिलाको हितमा बनेका कानूनहरुलाई व्यवहारमा उतार्न सके नारी दिवसले सार्थकता पाउने बताए ।
कार्यक्रममा सिकाई परियोजना अन्तर्गत सञ्चालित फुलबारी किशोरकिशोरी रुपान्तरण समुहका विद्यार्थी भाइबहिनीहरुले मैथिली साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने सहभागी ८ जना भाइबहिनीहरुलाई पुरस्कार स्वरुप कापी, डटपेन, डिस्नेरी बुक, ज्यामिती बक्स, पेन्सिल लगायतका शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।
सन् १९११ देखि विश्वभर मनाउन थालिएको अन्तर्राष्ट्रिय नारी दिवस हरेक मार्च ८ का दिन मनाउने गरिएको छ । नारी दिवसको यस वर्षको अन्तर्राष्ट्रिय नारा ूम्ष्नष्तबिि स् क्ष्ललयखबतष्यल बलम तभअजलययिनथ ायच नभलमभच भत्रगबष्तिथू (लैङ्गिक समानताका लागि नवप्रवर्तन र प्रविधि) हो भने ‘लैङ्गिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहूँचको विस्तार’ राष्ट्रिय नारा हो ।
होलिको दिन २३ गते मंगलवार परेको कारण तराईमा यसवर्ष २४ गते अर्थात नारी दिवसको दिन र २५ गते गरी दुई दिन होलि मनाइएको थियो । जसका कारण २४ गते परेको अन्तर्राष्ट्रिय नारी दिवस सर्लाहीसहित तराईका जिल्लाहरुमा आज(शुक्रबार) धुमधाम मनाइएको हो । सर्लाहीको विभिन्न पालिकाहरुमा पनि अन्तर्राष्ट्रिय नारी दिवसमा अवसरमा आजै विविध कार्यक्रमहरु भएका थिए ।