भाइरल पोष्ट, लालबन्दी ।।
फागुन १८ गते ।। सर्लाहीको लालबन्दि स्थित एनएमबी बैंकको शाखा र यहाँस्थित Ten 11 Lounge बीच विभिन्न सेवाका सम्वन्धमा सहकार्य भएको छ ।
मगलबार सो बैंकको मधेश प्रदेश प्रमुख कमल पोखरेल र Ten 11 Lounge का संचालक उमेश श्रेष्ठ बीच सहकार्य पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा एनएमबी बैंकका खाताधारीलाई खाना तथा पेय पदार्थमा १० प्रतिसत छुट दिने, उल्लेख छ । सेवाग्राहीको हितलाई मध्यनजर गरी Ten 11 Lounge सँग यस प्रकारको सम्झौता गरिएको एनएमबी बैंक लालबन्दि शाखाका शाखा प्रमुख अरुण आचार्यले बताए । बैंकले यसअघि हिजो यहाँस्थित गाउमैत्रि हस्पिटलसँग पनि विभिन्न सेवाका सम्वन्धमा सहकार्य गर्ने गरी सम्झौता गरेको थियो ।
एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।