भाइरल पोष्ट, लालबन्दी ।।
फागुन १७ गते ।। सर्लाहीको लालबन्दिस्थित एनएमबी बैंकको शाखा र यहाँस्थित गाउमैत्रि हस्पिटलबीच विभिन्न सेवाका सम्वन्धमा सहकार्य भएको छ ।
मगलबार सो बैंकको मधेश प्रदेश प्रमुख कमल पोखरेल र हस्पिटलका संचालक डाक्टर अर्जुन लामाबीच सहकार्य पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा एनएमबी बैंकका खाताधारी कोही व्यक्ति बिरामी पर्दा अस्पतालले औषधिबाहेक अन्य सेवा मा १५ प्रतिसत छुट दिने, बैंकका खाताधारीले बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म फोनमार्फत अस्पतालका चिकित्सकसँग निःशुल्क परामर्श लिन सक्ने उल्लेख छ ।
सेवाग्राहीको हितलाई मध्यनजर गरी अस्पतालसँग यस प्रकारको सम्झौता गरिएको एनएमबी बैंक लालबन्दि शाखाका शाखा प्रमुख अरुण आचार्यले बताए । एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘‘द ब्याङकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।