भाइरल पोष्ट संवाददाता,काठमाडौं ।।
राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छलफल गर्न लागेको छ । भोलि बिहान केन्द्रीय कमिटी बैठक बसेर टुङ्गो लगाउने रास्वपा नेता दीपक बोहराले जानकारी दिए ।
राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् । ८ दलबाट साझा उम्मेदवार बनेका रामचन्द्र पौडेलले रास्वपाका सभापति रवि लामिछानेलाई भेटेरै मत मागेका थिए । तर आठदलिय बैठकमा भने रास्वपालाई बोलाइएको छैन ।