भाइरल पोष्ट, हरिवन ।।
फागनु ८ गते ।। नेपाल बुद्धिचाल संघ सर्लाहीको जिल्ला कमिटि गठन भएको छ । आइतबार संघको तदर्थ समिति र जिल्ला खेल्कुद बिकास समितिको सचिबको रोहबरमा जिल्ला कमिटि गठन भएको हो ।
संघको नव गठित कमिटिको अध्इक्षमा विजय अधिकारी, उपाध्यमा सलिना ब्लोन, सचिवमा निरन्जन कार्की र कोषाध्यक्षमा जल्सिङ पासवान चयन भएका छन् । त्यस्तै सदस्यमा संगीता लामा, राजकुमार विश्वकर्मा र मधुसुधन न्यौपाने चयन भएको संघका अध्यक्ष अधिकारीले जानकारी दिए ।
जिल्लाको हरिवनमा भएको संघको भेलामा समाजसेवी एवम् बाग्मती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, नेकपा एकीकृत समाजवादीका सर्लाही अध्यक्ष सुरेन्द्र लामा, नेपाली काँग्रेस सर्लाहीका सचिव निरज कार्कि, खेल्कुद बिकास समितिका कार्यलय प्रमुख गोपाल लामा, चेस संघ केन्द्रीय सदस्यलगायत आतिथ्यता रहेको थियो ।