भाइरल पोष्ट, हरिपूर्वा ।।
फागुन ७ गते ।। मधेश प्रदेशका अर्थमन्त्री संजय यादवले सर्लाहीका हरिपुर्वामा हरिनाथ मन्दिरको उद्घाटन गरेका छन् ।
वैदेशिक रोजगारमा गएका यूवाहरुको आर्थिक सहयोगमा निर्मित मन्दिरको महाशिवरात्री पर्वको अवसर पारी आइतबार हरिपुर्वा नगरपालिकाका मेयर विनोद कुमार साह, उपमेयर सुमिन्त्रादेवी ग्वारनीको विशिष्ट समुपस्थितिमा मन्त्री यादवले उद्घाटन गरेका हुन् ।

हरिपूर्वा नगरपालिकाको शलेस पोखरीस्थित सो मन्दिरको २०७२ सालमा शिलान्यास गरिएको थियो । वैदेशिक रोजगारमा गएका युवाहरुले संकलन गरी पठाएको आर्थिक रकमबाटै मन्दिरको निर्माण सम्पन्न गरिएको मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष रामपृत यादवले बताए । त्यस्तै आफूहरुले निरन्तर सात वर्ष प्रयास गरे पछि २०७९ साल आश्विन २ गते मन्दिर निर्माणको कार्य सम्पन्न गर्न सफल भएको समितिका कोषाध्यक्ष प्रमोद साहले वताए ।
महाशिवरात्रीको अवसर पारेर फागुन ५ गते देखी ७ गते सम्म हरिनाथ महादेव मन्दिरमा शिवलिगं स्थापना र प्राणप्रतिष्ठा सम्पन्न भए पश्चात आज मधेश प्रदेसका अर्थमन्त्री सजंय कुमार यादवले उद्घाटन गरि सर्वसधारणको लागी खुल्ला गरिएको समितिले जनाएको छ ।
उद्घाटन कार्यक्रममा अर्थमन्त्री यादवले हरिनाथ महादेव मन्दिर अवस्थित क्षेत्रलाई आउँदो बजेटबाट धार्मीक प्रयटकिय स्थलको रुपमा चिनाउने गरि बिकास निर्माणमा पुर्ण रुपले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले हरिपूर्वा नगरपालिकामा शिक्षा स्वास्थ्य तथा सिचाई क्षेत्रको विकासमा पनि आफूले सक्दो सहयोग गर्ने बताए ।
मन्दिर उद्घाटन कार्यक्रममा हरिपूर्वा नगरपालिकाका नगर प्रमुख मेयर बिनोद कुमार साह तथा उपमेयर सुमिन्त्रादेवी ग्वारनीको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा हरिपुर्वाका विभिन्न वडाका वडाअध्यक्षहरुसहित जसपाका जिल्ला अध्यक्ष बिरेन्द्र यादव, उपाध्यक्ष गणेश कुमार यादव तथा अन्य राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।