सोम दियाली, लालबन्दी ।।
फागुन ५ गते, शुक्रबार ।। नेपाल मौरी पालक महासंघ सर्लाहीको अध्यक्षमा पुनः डम्बरदेव पाण्डे चयन भएका छन् ।
महासंघको शुक्रबार लालबन्दीमा भएको २२औं साधारणसभा तथा १२औं जिल्ला अधिवेशनले बागमती निवासी पाण्डेलाई आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मच चयन गरेको हो । पाण्डे यसअघि पनि दुई कार्यकाल महासंघको जिल्ला अध्यक्ष भएका थिए । उनको यो तेश्रो कार्यकाल हो ।
९ सदस्यीय जिल्ला कार्यसमितिमा अध्यक्षमा पाण्डेसहित उपाध्यक्षमा लालबन्दीकी मौरी किसान गिता यादव, सचिवमा लालबन्दीकै दीपा राई, सह–सचिवमा नवलपुरका मौरी किसान रामकृष्ण बम्जन र कोषाध्यक्षमा हरिवन घुर्कौलीका मौरी किसान पूण्यप्रसाद मैनाली चयन भएका छन् भने अन्य सदस्यमा चयन भएका छन् ।
साधारणसभा तथा अधिवेशन लालबन्दी नगरपालिका वडा नम्बर ९ को कार्यालयमा महासंघका निवर्तमान अध्यक्ष कमल प्रसाद बडालको अध्यक्षता तथा महासंघका पूर्व केन्द्रीय अध्यक्ष कमल प्रसाद मैनालीको प्रमुख आतिथ्यतामा भएको थियो ।
त्यस्तै कार्यक्रममा महासंघकै केन्द्रीय लेखासमिति संयोजक एवम् हरिपुरका मौरी किसान रवि कडरिया, महासंघ मधेश प्रदेशकी कोषाध्यक्ष उषा थपलिया लगायतको आतिथ्यता रहेको थियो ।
प्रदेश कोषाध्यक्ष थपलियाले स्वागत मन्तव्य राखेकी थिईन् भने किसानका तर्फबाट अम्बिका पौडेलले आफ्नो धारणा राखेकी थिईन् ।