भाइरल पोष्ट,काठमाडौं ।।
यातायात मजदुर र व्यवसायीले घोषणा गरेको आन्दोलन स्थगित भएको छ । यातायात मजदुर व्यवसायीका नेताहरूसँग मंगलबार बिहान सिंहदरबारमा भएको वातापछि आन्दोलन स्थगित गरिएको हो ।
मंगलबार बिहान भएको वार्तापछि तत्काल आन्दोलन फिर्ता लिएर कार्यदलमार्फत सहमति गर्न व्यवसायीहरु सहमत भएका हुन् । यसअघि यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजगत्वमा बनेको कार्यदलमा मजदुर संघका सदस्यहरु थपिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले सोमबार नयाँ बसपार्क क्षेत्रमा तोडफोड र आगजनी गरेको थियो ।
लगत्तै आज सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका उनीहरु मंगलबार बिहान सरकारसँग वार्तामा जुटेका थिए । मंगलबार बिहानैदेखि सार्वजनिक यातायात नचल्दा उपत्यकाका सर्वसाधारणले सास्ती व्यहोर्न परेको थियो ।