भाइरल पोष्ट,काठमाडौं ।।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्धको पहिलो खेलमा सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमा नै विकेट लिन सफल भएका छन् । लामिछानेले कार्ल बिर्केनस्टकलाई दोस्रो बलमै आफ्नो शिकार बनाएका हुन् । खेलको ११ औँ ओभरमा बलिङ गर्न आएका लामिछानेले १३ रन बनाएका कार्ललाई बोल्ड गरेका छन् । विकेट लिएपछि लामिछाने भावुक बनेका छन् । १७ ओभरको खेल सकिदा ६१ रन बनाएको नामिबियाले २ विकेट गुमाएको छ ।
यसअघि सोमपाल कामीले ओपनर लो–हान्ड्रे लौरेन्सलाई आउट गरेका थिए । नाबालिगमाथिको बलात्कार मुद्दा छिनोफानो नभई लामिछानेलाई राष्ट्रिय टोलीमा समावेश गरेको भन्दै नेपाल क्रिकेट संघको आलोचना भइरहेको छ ।