भाइरल पोष्ट, गोडैता ।।
फागुन १ गते ।। सर्लाहीको गोडैता नगरपालिकामा २ करोड ८० लाखको लागतमा विधालय भवन निर्माण हुने भएको छ ।
गोडैता नगरपालिका वडा नं १२ मधुवनीमा रहेको बैधनाथ माध्यमीक विधालयमा १६ कोठे पक्की भवन निर्माण कार्य अघि बढाउन सोमवार गोडैता नगर प्रमुख देवेन्द्र यादवले शिलान्यास गरेका छन् ।
विधालय भवन निर्माण गर्न बजेट ३ करोड भएपनि गएको पुष २१ गते विधालय भवनको ठेक्का २ करोड ८० लाखमा जय भवानी निर्माण सेवा मलंगवाले लिएको गोडैता नगरपालिकाले जनाएको छ ।
बैधनाथ माध्यमीक विधालयमा यस अघि विधालय भवनको अभावमा छात्र तथा छात्राहरुलाई समस्या भैरहेको थियो । नगरभित्रका सबै समस्याको समाधान गर्नु आफ्नो दायित्व भएको नगर प्रमुख यादवको भनाई थियो । नगर प्रमुख यादवले आफु जहिले पनि नगरवासीको सेवामा अगाडी बढने प्रतिबद्धता समेत व्यक्त गरे ।