बलरा , २७ माघ ।। ।। सर्लाहीको बलरा नगरपालिका ११ मा रहेको एक विद्यालयमा ४ कोठे पक्की भवन बन्ने भएको छ । भवनको शुक्रबार एक कार्यक्रमका बीच नगर प्रमुख मेयर रामाशंकर कुशवाहाले शिलान्यास गरेका छन् ।
नगरपालिकाको वडा नम्बर ११ मा रहेको सुधा राजेश्वर माविमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४० लाखको लागतमा बन्ने पक्की भवनको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीचन रायको अध्यक्षतामा नगरप्रमुख कुश्वाहाले पुजापाठसहित शिलान्यस गरेका विद्यालयका प्रधानाध्यापक बन्तीलाल रायले जानकारी दिए ।
भवनको शिलान्यस कार्यक्रममा सोही वडाका वडा अध्यक्ष सुखलाल सहनी, प्रधानाध्यापक बन्तिलाल राय, सतेन्द्र यादव, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
आफ्नो विद्यालयमा नयाँ भवन बन्ने भएपछि विद्यार्थीहरु खुशि भएका छन् । सो विद्यालयमा श्रीचन यादवको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति चयन भएसँगै थुप्रै शैक्षिक सुधारका कार्यक्रमहरु भईरहेका छन् । नयाँ व्यवस्थापनको कामलाई लिएर अभिभावकहरुमा पनि नयाँ आशा पलाएको स्थानीयले बताएका छन् ।
सो विद्यालय त्यस क्षेत्रकै एक पुरानो विद्यालय मानिन्छ । त्यहाँ बलरा नगरपालिकाका छटौनासहित आसपासका रामनगरदेखिका विद्यार्थीहरु अध्ययनरत छन् ।