भाइरल पोष्ट संवाददाता,काठमाण्डौं ।।
नेपाली कांग्रेसलाई प्रतिपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वोच्च अदातलमा परेको रिटको आज बुधाबार सुनवाइ हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’लाई संसदमा विश्वासको मत दिएको कांग्रेस र त्यसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको सुनवाइ आज हुने भएको हो ।
अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध दिएको सो रिट निवेदन दर्ता गर्न सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानले आदेश दिएकी हुन् । उक्त रिटको आज माघ २५ गते पहिलो पेशी तोकिएको हो । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए ।